Friday, July 7, 2017

«पिल्लरवाला घर वनाउँदा विचार पुर्‍यायाउनु पर्ने मुख्य कुराहरुः»

«पिल्लरवाला घर वनाउँदा विचार पुर्‍यायाउनु पर्ने मुख्य कुराहरुः»
१. जगमा हात्तीपाईलाको सतहमा वा त्यस भन्दा ठिक माथी सवै पिल्लरका हात्तीपाईलाहरुलाई जोड्ने गरी टाईविम राखिन्छ ।»»
२. डिपिसि लेवल जमिनको सतह भन्दा करिव १.५ पिटको उचाईमा राख्ने र ९”ईन्च वाई १२” ईन्च साईजको टाईविम राखिन्छ ।»»
३. २ वा ३ तल्ला सम्मको घरको लागी पिल्लरको साईज न्यूनतम १२÷१२ ईन्चको राख्ने र डण्डीहरु चाँही १६ मि.मि. को ४ वटा र १२ मि.मि. को ४ वटा गरी जम्मा ८ वटा राखिन्छ ।»»
४. दुईवटा पिल्लरहरुको दुरी वढीमा ४.५ मिटर (१५फिट )भन्दा वढी राख्नु हुँदैन ।»»
५. पिल्लरहरु सिधा–सिधा लाईनमा पर्नेगरी राख्नु पर्दछ । यसरी सिधा लाईनमा पिल्लरहरु नभएको खण्डमा भुकम्पको समयमा त्यसले प्रभावकारी रुपमा काम गर्न सक्तैन ।»»
६. पिल्लर तथा विमका डण्डीहरु गाँस्दा कम्तिमा डण्डीको मोटाईको ६० गुणा खप्टिने गरी गाँस्नु पर्दछ ।»»
७. सवै पिल्लरहरुलाई विमहरुले जोड्नुका साथै विमहरुको जोर्नी पिल्लर भएको ठाउँमा नै पारि गाँस्नु पर्दछ ।»»
८. पिल्लरको साईज विमको साईज भन्दा केही ठुलो हुनुपर्दछ । किनभने विमका सम्पुर्ण डण्डिहरु पिल्लरको डण्डीको भित्रपट्टी पर्ने गरी वाँध्नु पर्दछ ।»»
९. गारोहरुको भुकम्पिय सुरक्षाका लागी झ्यालको तल र माथी (सिल र लिण्टल) लेवलमा एवं ढोकाहरुको माथी लिण्टल लेवलमा ढलान पेटी (कंक्रिट व्याण्ड )हरु राख्नु पदर्छ ।»»
१०. ढलानका लागी प्रयोग गरिने फर्मा तथा अडाउन प्रयोग गरिने टेकोहरु राम्रो संग मिलाएर राख्नु पर्दछ, अन्यथा ढलान तथा बिम लच्कन गई घर कमजोर हुन सक्दछ ।»»
११. सवै विम र स्ल्यावहरुको ढलान एकै पटक हुनुपर्दछ ।»»
१२.पिल्लर विम र स्ल्यापहरुमा मसलाको मात्रा १:१.५:३ (१ सिमेन्ट, १.५ वालुवा, ३ गिटी )सो भन्दा वढ्ता हुनगरी राख्नु पदर्छ ।»»
१३. मसलामा ठिक्क मात्रमा पानीको प्रयोग गर्नुपदर्छ, पानीको मात्रा वढी हुँदा कंक्रिटले आवश्यक अनुसारको मजवुदी प्राप्त गर्न सक्तैन ।»»
१४. कंक्रिट ढलानको समयमा मसला मुछ्नको लगी सकेसम्म मिक्सर तथा खाँद्नका निमित्त भाईब्रेटरको प्रयोग गर्नुपदर्छ ।

Sunday, July 2, 2017

जग्गा नापमान सम्बन्धी जानकारी !



»1 Bigha (बिघा) = 20 Kattha (कठ्ठा)                 »1 Bigha (बिघा) = 6772.63 m²
»1 Bigha (बिघा) = 72900 sq.ft                         »1 Bigha (बिघा) = 13.31 Ropani
»1 Kattha (कठ्ठा) = 20 Dhur (धुर)                    »1 Kattha (कठ्ठा) = 338.63 m²
»1 Kattha (कठ्ठा) = 3645 sq.ft.                       »1 Dhur (धुर) = 16.93 m²
»1 Dhur (धुर) = 182.25 sq.ft.                          »1 Ropani (रोपनी)= 16 aana(आना)
»1 Ropani (रोपनी)= 64 Paisa (पैसा)               »1 Ropani (रोपनी)= 508.72 m²
»1 Ropani (रोपनी)= 5476 sq.ft.                    »1 Ropani (रोपनी)= 256 Daam (दाम)
»1 Ropani = 4 Matomuri                               »1 Khetmuri = 25 Ropani
»1 Aana (आना)= 4 Paisa (पैसा)                     »1 Aana (आना)= 31.80 m²
»1 Aana (आना) = 342.25 sq. ft                    »1 Aana (आना) = 16 Daam (दाम)
»1 Paisa (पैसा) = 4 Daam (दाम)                    »1 Paisa (पैसा) = 7.95 m²
»1 Paisa (पैसा) = 85.56 sq. ft.                        »1 Daam (दाम) = 1.99 m²
»1 Daam (
दाम) = 21.39 sq. ft                         »1 Haath = 1.5 ft.